Incident Reports

छुवाछुत विवादमा घाइते भएका एक जनाको मृत्यु l

2014-04-15

Gandaki, Parbat, Kushma

Madhav Raj Pandey छुवाछुतको विषयमा भएको झडपमा घाइते भएका पाङ्ग गाविस-२ का १६ वर्षीय राजेश नेपालीको ०७१ वैशाख १ गते उपचारको क्रममा मृत्यु भएको छ । पाङ्ग गाविस-२ कुनाचौरमा दलित समूदाय भित्रै चैत २१ गते राती छुवाछुतको विषयमा भएको झडपमा घाइते भएका राजेशको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पाङ्ग गाविस-२ कुनाचौरका चन्द्रबहादुर विकका छोरा रामकृष्णको ब्रतवन्ध भोजमा सार्की समुदायका निम्तालुलाई तल्लो जातको भन्दै छोइछिटो गरिएपछि विवाद भई दुवै पक्षबीच झडप भएको थियो । मृतकका परिवारले पाङ्ग गाविस-२ का १६ वर्षीय शंकर विक, २१ वर्षीय विष्णु विक, २८ वर्षीय शंकर विक, १६ वर्षीया सन्तोष विक विरुद्ध वैशाख २ गते किटानी जाहेरी दिएपछि कर्तव्य ज्यानमा मुद्दा दर्ता गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगतबन्धु पोखरेलले जानकारी दिए । यसै गरी सोही घटनामा संलग्न रहेको आरोपमा पाङ्ग गाविस-२ का २० वर्षीया श्याम नेपाली, १६ वर्षीय शंकर विक २१ वर्षीय विष्णु विक, २८ वर्षीय शंकर विक, १८ वर्षीय सुरेस नेपाली, १६ वर्षीया सन्तोष विक, २० वर्षीय अशोक सुनार, १८ वर्षीय विनोद नेपाली, २४ वर्षीय रवीन नेपाली, २१ वर्षीय दिनेश नेपाली, २१ वर्षीय प्रकाश सुनार, २५ वर्षीय मोहन सुनार र ४० वर्षीय चन्दबहादुर सुनार विरुद्ध प्रहरीले सार्वजनिक अपराधमा मुद्दा दायर गरी अनुसन्धान गरिरहेको छ । कामी जातिले सार्की जातिलाई तल्लो जात भन्दै छोएको नखाएपछि भएको झडपमा १५ जना भन्दा बढी घाइते भएका थिए । घाइते मध्येका पाङ गाविस-२ का ३५ वर्षीय चित्रबहादुर नेपाली, १६ वर्षीय राजेश नेपाली र २४ वर्षीय शम्भु नेपालीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा राजेशको मृत्यु भएको र अन्य घाइतेहरू उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । माधवराज पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis