Incident Reports

सीमा क्षेत्रबाट तीन चेलीको उद्धार l

2014-04-13

Lumbini, Rupandehi, Siddharthanagar

Amrit Giri वैदेशिक रोजगारको आश्वासन दिएर भारतको बाटो प्रयोग गर्दै दुबई जान भनी हिडेका दोलखाका तीन महिलालाई भारतीय सीमा क्षेत्र भैरहवाबाट उद्धार गरिएको छ । शान्ति पुनस्थापना गृह (पिआरसी) भैरहवाको पहलमा उनीहरूलाई चैत २८ गते उद्धार गरिएको हो । दोलखा लापिलाङ गविास-४ का २४ वर्षीया उर्मिला थामी, २० वर्षीया शर्मिला थामी र लापिलाङ गाविस- ३ की २१ वर्षीया सुप्रिना थामीलाई भैरहवामा उद्धार गरिएको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय भैरहवाले अनुसन्धानपश्चात् अभिभावकका साथमा जिम्मा लगाई घर फिर्ता गरिएको संस्थाका सुपरभाइजर सुशील मरहठ्ठाले बताए । उनीहरूलाई भैरहवा बसपार्कसम्म काभ्रे जिल्ला, भिमखुरी गाविस - ९ का विशाल लामाले ल्याएको पीडितहरूले बताएका छन् । काठमाडौबाट आङ दोर्जे नामका ब्यक्तिले लामालाई भैरहवासम्म पठाउन सहयोग गरेको र आफूहरूको पासपोर्ट दिल्लीमा बसोवास गर्ने स्याङ्वु शेर्पासँग रहेको पनि उनिहरूले बताए । अमृत गिरी

0 Comments