Incident Reports

मानव बेचविखचनका आरोपित विरुद्ध प्रहरीमा उजुरी l

2014-04-13

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa एक १९ वर्षीया महिलालाई मानववेचविखन गरेको आरोपमा पोखरा उमनपा-२ बागलुङ बसपार्कस्थित नमस्ते खाजाघरका सञ्चालक लामा भन्ने व्यक्ति विरुद्ध पीडितले चैत २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपित लामाले पीडित महिलालाई राम्रो तलव दिने प्रलोभनमा काठमाण्डौबाट ल्याएर भाग्न उम्कन नदिई ०७० माघ १५ देखि चैत २५ गतेसम्म जबरजस्ती यौन कार्य गर्न लगाई आर्थिक प्रलोभन लिएको भन्दै पीडितले घटनामा संलग्न दोषीलाई कारबाहीको माग राखी चैत २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । घटनामा संलग्न आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाले जनायो । सनबहादुर थापा

0 Comments