Incident Reports

प्रशासन र प्रहरीआडमा रातभर खाेला तस्करी, राेक्न गएका युवामाथि नै आक्रमण

2020-08-11

Madhes, Bara, Jitpur Simara, Ward 15

सिमरा : कानुनी रुपमा देशभर नै नदीजन्य उत्खनन बन्द भएको २ महिना भयो। तर अहिले दिनभर खोलामा हुने चहलपहलको समय रातमा सरेको छ। सयौंको संख्यामा मजदुर, बालुवा कारोबारी, ट्याक्टर चालक, मालिक र सुराकीहरुको उपस्थितिमा रातभरि खोला तस्करी हुने गरेको स्थानीयहरुले जनाएका छन् । ‘खोला खन्ने काम १ दिन पनि बन्द भएको छैन, रातभर ५० भन्दा बढी ट्ंयाक्टरले बालुवा गिटी ढुंगा ओसारेका छन्’, बाराको बालगंगा खोलाछेउमै घर भएका स्थानीय बलराम श्रेष्ठले भने, ‘रातभरमा एउटा ट्याकटरले ४० पटकसम्म वालुवा, ढुंगा ओसारेका हामीले भेटाएका छौं।’ बन्द भएको खोलामा उत्खनन् गरेको भन्दै रोक्न गएका जितपुरसिमरा उपमहानगर-१५ शुक्लयाका युवाहरु र बालुवा कारोबारीबीच मंगलबार राति दोहोरो झडपसमेत भएको छ । झडपमा शुक्लयाका केही स्थानीय युवा सामान्य घाइते भएका छन्।

‘हामी १५ जनाको समूहमा थियौं, उनीहरुले खोलाको चारैतिर सुराकी राखेर भटाभट ट्याक्टर लोड गर्दै थिए, हामी खोलामा पुगेपछि चालकले ट्याक्टर लिएर भागे, केही बेल्चा लिएर हामीमाथि जाइलागे’ श्रेष्ठले भने, ‘राज्यको सम्पत्ति लुटेर खाने यिनीहरुलाई कडा कारबाही हुनुपर्यो’, जितपुरसिमरा उपमहानगरले आफू मातहतमा रहेका दुधौरा, बालगंगा र पसाहा खोलामा जेठ मसान्तदेखि कानुनी रुपमा उत्खनन कार्य बन्द गरेको छ तर, १ दिनपनि खोला खन्ने काम बन्द नभएको स्थानीयले जनाएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
National/Online Media

0 Comments

Related Reports