Incident Reports

कृष्णनगर सीमाबाट तीन जना युवतीको उद्धार l

2014-04-19

Lumbini, Kapilbastu, Buddhabhumi

Nandaram Poudel भारततर्फ लैजान लागीएका तीन जना युवतीलाई शान्ति पुनर्स्थापना गृह (पीआरसी) ले कृष्णनगर सीपा पारि भारतको बढनीबाट ०७१ वैशाख ६ गते उद्धार गरेको छ । बाग्लुङका बेगबहादुर अधिकारीले राम्रो काम लगाइदिने प्रलोभनमा पारी भारतको दिल्लीतर्फलैजाने क्रममा पीआरसीले सीमापारिको बढनीबाट उनीहरूलाई उद्धार गरेको हो । उद्धार गरिएकामा कपिलवस्तुको जयनगर गाविस-८ घर भएका १८ र १९ वर्षीय युवती रहेका छन् । उनीहरूलाई दलालले राम्रो काम लगाइदिने प्रलोभनमा पारी भारतको दिल्लीतर्फलैजान लागेको पीआरसीका संयोजक भूमिराज भट्टराईले जानकारी दिए । पीआरसीले दलाल बेगबहादुरलाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कृष्णनगरमा बुझाइएको भट्टराई बताए । युवतीमध्ये एकजनाले दलाललाई सामान्य चिने पनि अन्य दुईजनाले कहिल्यै नदेखेको भनी प्रहरीमा बयान दिएको भट्टराईले जनाए । नियन्त्रणमा लिएका दलालसहित युवतीहरूलाई विशेष अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको शान्ति पुनस्थापना गृह कृष्णनगरका संयोजक भट्टराईले जानकारी दिएका छन । नन्दराम पौडेल

0 Comments