Incident Reports

Two Policemen Get 7-Year Imprisonment for Rape l

2014-04-22

Lumbini, Dang, Tulsipur

Gaman Singh Khadka पुनरावेदन अदालत तुलसीपुरमा तीन वर्षअघि दायर बलात्कार विरुद्धको मुद्दाका आरोपित दुई जना प्रहरीलाई दोषी ठहर गर्दै अदालतले वैशाख ८ गते जनही सात वर्षकैद र १ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ । अभियुक्त तत्कालीन अवस्थामा इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी हबल्दार धर्मबहादुर मल्ल र प्रहरी जवान बालाराम चनारा हुन् । पुनरावेदन अदालतका न्यायाधीश मेघनाथ भट्टराई र कृष्णलाल भट्टराईको संयुक्त इजलासले उक्त फैसला गरेको हो । अदालतका रजिष्ट्रार रामेश्वर रेग्मीले दिएको जानकारी अनुसार उक्त मुद्दामा मतियारको रुपमा रहेकी जौंवारीकै एक महिलालाई भने अदालतले सफाइ दिएको छ । गाउँमा छिमेकीबीच साँध विवादको घटनामा हंसपुरबाट पुरन्धारा गाविस-८ जौंवारी पुगेका अभियुक्तहरूले छलफलका लागि इलाका प्रहरी कार्यालय पञ्चकुले ल्याउँदै गर्दा बाटोमा पर्ने जंगलमा ०६७ पुस १२ गते बलात्कार गरेको भन्दै पीडित महिलाले ०६७ पुस १६ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा मुद्दा दायर गरेकी थिइन् । छिमेकीबीच भएको विवादमा पीडित महिलालाई इलाका प्रहरी कार्यालयमा ल्याउने क्रममा आरोपितहरूले सामूहकि बलात्कार गरेका थिए । ०६८ असार ३० गते जिल्ला अदालतले दुवैलाई सफाइ दिएपछि लगत्तै पीडित पक्षले पुनरावेदन गरेका थिए । तीनवर्षपछि जिल्ला अदालतको फैसला उल्टाउँदै पुनरावेदन अदालतले सो फैसला सुनाएको हो । घटना लगत्तै जिल्लामा क्रियाशिल मानवअधिकारकर्मी संस्थाहरू इन्सेक, मानवअधिकार सञ्जाल, महिला मानवअधिकार सञ्जाल लगायतको एक टोलीले घटनाको स्थलगत अध्ययन गरी पत्रकार सम्मेलन मार्फत पीडित महिला बलात्कार भएको प्रतिवेदन सार्वजनिक गरेका थिए । गमनसिंह खड्का

0 Comments

Related Reports
Related Trend Analysis