Incident Reports

पति र ससुराले घर निकाला गरेको आरोपमा उजुरी l

2014-04-27

Madhes, Sarlahi, Haripur

Bipin Gautam रौतहट । ०७१ वैशाख १४ गते राजपुर फरहदवा गाविस-५ की १८ वर्षीया गुलावसा खातुनलाई पति १९ वर्षीय सेख जुवैर र ससुरा ४५ वर्षीय सेख लाल महमदले वास्ता नगरी घरबाट निकाला गरेको आरोपमा पीडितले प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा वैशाख १४ गते उजुरी दर्ता गराइन् । पति सेख जुवैरसँग आफ्नो जातीय परम्परा अनुसार दुई वर्षअघिविवाह भई तीन महिना अघि मात्र निकाह भई घरमा बस्दै आएकोमा वैशाख १ गतेका दिन पति र ससुरा मिलि आफूलाई घरमा बस्न नदिई निकाला गरेकाले सोही दिनदेखि माइतीमा बस्दै आएको पीडितले बताइन् । पीडितको उजुरी दर्ता गरी आरोपितलाई छलफलको लागि झिकाइएको सेवा केन्द्रका इन्चार्ज सई गीता रानाभाटले बताइन । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis