Incident Reports

खुकुरी प्रहारबाट पाहुना गएका मगरसहित २ जना घाइते

2020-08-22

Province 1, Udayapur, Rautamai, Ward 7

उदयपुर । उदयपुरको रौतामाईमा पाहुना गएका मगरसहित दुई जना खुकुरी प्रहारबाट घाइते भएका छन् । रौतामाई गाउँपालिका–७ पाखा टोलमा पाहुना गएका जुद्ध काजी खपाङ्गी मगर र गंगबहादुर परियार घाइते भएका हुन् ।

गतराती करिब साढे १० बजे खम्ब भन्ने नविन परियारले खुकुरी प्रहार गरी बुवा र पाहुना त्रियुगा नगरपालिका–१५ कुभिण्डेका ५५ वर्षीय मगरलाई घाइते बनाएको प्रहरीले जनाएको छ । नविनले खुकुरी प्रहार गर्दा बाबुको टाउको, घाँटीमा चोट लागेको छ भने पाहुना मगरको गद्र्धनमा चोट लागेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका दुवै जनालाई बिराटनगरको गोल्डेन हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बाबु र पाहुनालाई खुकुरी प्रहार गर्ने नविन फरार भएकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media

0 Comments

Related Reports