Incident Reports

सर्लाहीमा एक युवतीको शंकास्पद मृत्यु

2020-08-23

Madhes, Sarlahi, Haripur, Ward 5

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा एक युवतीको मृत्यु भएको छ । आइतबार वडा नं. ५ मजुर्वा बस्ने भुपनारायण चौधरीको अन्दाजी १८ वर्षीया छोरी मनिषा कुमारी चौधरीको शंकास्पद मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

मृतक मनिषा कुमारीलाई परिवारले आज बिहान जिउँदै फेला पारिए पनि केहि छिनमै मृत्यु भएको परिवारीक श्रोतलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम साहले जानकारी दिए । मृतक युवतीको घाँटीमा डोरीको डाम पनि छ र हल्का घाँटी काटिएको जस्तो भएकोले शव प्रकृति हेर्दा शंकास्पद रहेको हुँदा घटनाको थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक साहले बताए ।

मृतक युवतीको शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल, मलंगवा पठाइएको प्रहरीले जनाएको छ । तर स्थानियहरुले मृतक युवतीको हत्या नै भएको हुन सक्ने अनुमान गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports