Incident Reports

बलात्कारका आरोपितहरु गिरफ्तार l

2014-04-26

Madhes, Saptari, Dakneshwori

Manohar Kumar Pokhrel सप्तरी । ०७१ वैशाख १४ गते एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पातो गाविस-४ का १८ वर्षीय राजेश कुमार साह र सन्तोष यादवलाई वैशाख १३ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य सम्पन्न गर्न वैशाख १४ गते पहिलो पटक अदालतले ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा पठाएको इन्स्पेक्टर खेमनारायण चौधरीले जानकारी दिए । पीडितको घरमा डेरा गरी बस्ने आरोपितहरुले पीडितको घरमा वैशाख ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा वैशाख १२ गते उजुरी दिएका थिए । पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा वैशाख १२ गते स्वास्थ्य परीक्षण भएको अस्पतालले जनाएको छ । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis