Incident Reports

सोलुखुम्बुमा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट

2020-08-23

Province 1, Solukhumbu, Solududhakunda, Ward 11

सोलुखुम्बु - सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ रमितेमा प्रहरी टोलीमाथि दुर्व्यवहार भएको छ । रमितेको एक होटलमा जाँडरक्सी खाएर हो-हल्ला गरिरहेका युवालाई सम्झाउन पुगेको प्रहरीमाथि कुटपिट भएको हो । 

प्रहरी निरीक्षक मन्दिप चौहानकाअनुसार आइतबार दिउँसो साढे ३ बजेको समयमा स्थानीय सन्तोष खड्काको होटलमा हो-हल्ला गर्नेलाई सम्झाउन पुगेका प्रहरीलाई ६ जना युवाको समूहले कुटपिट गरेका हुन् ।

ती युवाले प्रहरी सहायक निरीक्षक सरयुग महतोको सिठीसमेत चुँडाइदिएका छन् । सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बुले प्रहरी सहायक निरीक्षकसहित ३ जना प्रहरीमाथि दुर्व्यवहार भएको बताउनुभयो । 

प्रहरीलाई कुटपिट गर्ने पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका-६ ओखलढुंगाका विजय मगर, सोलुदूधकुण्ड नगरपालिका-८ बस्ने शेरबहादुर मगर, भीमबहादुर मगर, सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ बस्ने चन्द्रबहादुर मगर, मोहन कार्की र फुर्वा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । 

रमितेमा बैंक तथा वित्तीय संस्था खुलेसँगै आर्थिक गतिविधि बढेपछि अपराधिक घटना हुन सक्ने भन्दै गएको साउन १२ गते अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको थियो ।


 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports