Incident Reports

सवारी तोडफोड गर्ने चार पक्राउ

2020-08-26

Gandaki, Tanahun, Byas, Ward 12

दमौली – पृथ्वीराजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ परेका छन् । ना ५ ख १६५० नं को ट्रकमा बुधबार राति ढुङ्गामूढा गरी चालकलाई हातपात गरेको अभियोगमा प्रहरीले चार युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–२ घर भई हाल व्यास–१ बस्ने १९ वर्षीय मनिष श्रेष्ठ, व्यास–१ बस्ने २७ वर्षीय अनुप दुरा, व्यास–१ नयाँबस्ती बस्ने २२ वर्षीय नकुल गुरुङ र व्यास–६ घर भइ व्यास–१ बस्ने १८ वर्षीय सुरेन्द्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको छ । जग्गा उत्खनन् गर्ने सवारी नियन्त्रणमा म्याग्दे गाउँपालिका–४ मनहरिमा मनोज श्रेष्ठको जग्गा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरीले दुई एक्साभेटर नियन्त्रणमा लिएको छ । अवैध रुपमा उत्खनन् हुँदै गरेको सूचनाका आधारमा प्रहरीले उक्त एक्साभेटर नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारवाहीका लागि गाउँपालिका कार्यालय पठाइएकामा गाउँपालिकाले सम्बन्धित धनीलाई रु ५० हजार जरीवाना गरेको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports