Incident Reports

बालिकालाई बलात्कार गरेको आरोपमा बृद्ध हिरासतमा l

2014-04-30

Province 1, Terhathum, Aathrai

Chhatra Rimal बालिकालाई बलात्कार गरेको आरोपमा बृद्ध हिरासतमा तेह्रथम । ०७१ वैशाख १६ गते एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा संक्रान्तिबजार गाविस-२ खेलपुर बस्ने ७० वर्षीय अम्मरबहादुर परियारलाई वैशाख १५ गते बेलुकी जिल्ला प्रहरी कार्यालय तेह्रथुमले गिरफ्तार गरी हिरासतमा राखेको छ । वैशाख १३ गते बालिकालाई आरोपित परियारले बेलुकी आफ्नो घरको काममा सहयोग गर्न बोलाएका थिए । पीडित बालिकालाई आरोपितले घरको ढोका थुनेर बलात्कार गरेको जानकारी पीडितले आफ्नो घरमा पुगेर अभिभावकलाई दिएपछि पीडित परिवारले वैशाख १४ गते इलाका प्रहरी कार्यालय आठराईमा कानुनी कारबाहीको लागि उजुरी दिएका हुन् । प्रहरीले आरोपितलाई तत्काल नै गिरफ्तार गरी जिल्ला प्रहरी हिरासतमा ल्याएको जानकारी प्रहरी सई जीवन बोगटीले दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण ईलाका स्वास्थ्य कार्यालय आठराईमा भएकोसोही स्थान बस्ने शिक्षक उमानाथ भण्डारीले बताए । छत्र रिमाल

0 Comments

Related Reports
Related Trend Analysis