Incident Reports

मोरङको कसेनीमा दुई समूहबीच झडप : एकको मृत्यु, चार घाइते

2020-08-28

Province 1, Morang, Belbari, Ward 5

मोरङको कसेनीमा दुई समूहबीच झडप हुँदा एकजनाको ज्यान गएको छ । झडप हुँदा बेलबारी– ५ कसेनीका ३५ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको वडाध्यक्ष विश्वबन्धु बस्नेतले जानकारी दिए ।  यस झडपमा परी एकै परिवारका चारजना घाइते भएका थिए ।  वडाध्यक्ष बस्नेतका अनुसार घाइतेमध्ये चन्द्रकुमारको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको छ भने अन्य तीनजनाको विराटनगरका अस्पतालमा उपचार भइरहेको छ ।  घाइते हुनेहरूमध्ये शैकु राई र गौरव राई बाबु–छोरा हुन् भने अन्य एकजना त्यही परिवारकै सदस्य घाइते भएका छन् ।  झडप गर्ने समूहका अर्का जितेन्द्र चौधरीसमेत घाइते भएका छन् । झडपको कारण भने खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी पुगेको छ ।  घटनास्थलमा पुगेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले जानकारी दिए । उनले यसबारेमा थप विवरण आउन बाँकी रहेको जनाए ।

Update

------------

मोरङमा हत्या गरी फरार व्यक्ति पक्राउ

मोरङमा हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।

सोमबार बेलुकी साढे आठ बजे प्रहरीले बेलबारी नगरपालिका-५ बस्ने ३१ वर्षीय कुमार सरदारलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार उनलाई चन्द्र कुमार राईको हत्या गरेको आरोपमा पक्राउ गरेको हो।

उनले भदौ १२ कसेनीस्थित लोहान्द्र खोला किनारामा धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको आरोप छ।

कार्यालयबाट खटिएको टोलीले उनलाई सुनसरी बराहक्षेत्र-११ मधुवनबाट पक्राउ गरेको हो।

यस घटनामा अझै सात जना फरार भएको डिएसपी राईले बताए।

'अघिल्लो राति मृतक समूह र सरदार समूहबीच सामान्य विवाद भयो। भोलिपल्ट पनि फेरि मान्छे ल्याएर उनीहरूबीच झडप हुँदा राईको मृत्यु भयो,'डिएसपी राईले भने,'घटनामा संलग्न अन्यको पनि खोजी गरिरहेका छौं।'

ईलाका प्रहरी कार्यालय बेलबारीले उनीमाथि थप अनुसन्धान गरिरहेको बताएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 4
National/Online Media

0 Comments

Related Reports