Incident Reports

एकल महिलाको हत्या l

2014-05-04

Madhes, Siraha, Golbazar

Durga Pariyar सिरहा । ०७० वैशाख २१ गते चन्द्रअयोध्यापुर गाविस-१ निवासी एकल महिला ३५ वर्षीया रामप्यारी सदाको वैशाख २० गते राती हत्या भएको छ । चन्द्रअयोध्यापुर गाविस-१ स्थित चोहर्वा बजारको कच्ची बाटो छेउ पोखरी नजीक वैशाख २१ गते बिहान स्थानीयले लास देखेपछि इलाका प्रहरी कार्यालय मिर्चैयालाई जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालयका एसपी पूर्णचन्द्र जोशीले महिलाको टाउको पछाडि धारिलो हतियार प्रहार गरी हत्या गरेको आशंका व्यक्त गरे । एसपी जोशीले मृतकको टाउको पछाडि गहिरो घाउ देखिएकोले अत्याधिक रक्तश्रावको कारण मृत्यु भएको हुनसक्ने बताए । मृतकको लासको पोष्टमार्टम जिल्ला अस्पतालमा वैशाख २१ गते भएको एसपी जोशीले जानकारी दिए । उनले घटनाको अनुसन्धान भई रहेकोले हत्याबारे सत्य तथ्य चाँडै पता लाग्ने बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis