Incident Reports

संक्रमणमुक्त भएर घर फर्किंदै गरेका व्यक्तिले गरे एम्बुलेन्स तोडफोड

2020-08-31

Bagmati, Bhaktapur, Suryabinayak

सशस्त्र प्रहरी बलको बलम्बुस्थित कोभिड–१९ डेडिकेटेड अस्पतालबाट कोरोनामुक्त भई घर फर्केका एक व्यक्तिले एम्बुलेन्समा तोडफोड गरेका छन् । भक्तपुर घर भएका ती व्यक्तिले सूर्यविनायक पुगेपछि आफूलाई अस्पतालबाट अपहरण गरी ल्याएको आरोप लगाउँदै एम्बुलेन्सको सिसा तोडफोड गरेका थिए ।

प्रहरी स्रोतबाट प्राप्त विवरणअनुसार भदौ ४ गते ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि केएमसी अस्पताल दुवाकोटमा आइसोलेसनमा राखिएको थियो । त्यहाँ रहँदा श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल सारिएको थियो । अस्पतालमा उपचारमा रहँदा उनलाई दुईपटक भेन्टिलेटरमा राखिएको थियो । अस्पताल स्रोतका अनुसार गम्भीर अवस्थामा पुगेर पनि बाँचेका ती स‌ंक्रमितलाई केही दिन अस्पतालमै राखिदिन परिवारले आग्रह गरेका थिए । दुईपटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो । 

आइतबार दिउँसो डिस्चार्ज गरी घर पुऱ्याउन लाग्दा ती व्यक्तिले प्रदेश ३ – ०१००२ झ ५२३० नम्बरको एम्बुलेन्सको सिसा तोडफोड गरेका हुन् ।

सिसा तोडफोड गर्दै सडकमा निस्केपछि प्रहरी सहायक निरीक्षक मनोज साहको टोलीले सल्लाघारीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि एम्बुलेन्स मर्मत गर्ने सर्तमा सशस्त्रकै चालकले उनलाई घर पुऱ्याएका थिए ।

बिरामीका आफन्तका अनुसार अस्पतालबाट उपचार गरी फर्किएका उनमा चरम निराशा थियो । 'पारिवारिक तनाव पनि थियो । उहाँलाई घर आउन मन नलागेका कारण त्यसो गरेको हुनुपर्छ । अस्पतालमा भेन्टिलेटरमै राख्नुपरेको थियो । त्यसले गर्दा डिप्रेसन पनि भएको हुनसक्छ भन्ने लाग्छ,' उनले भने, 'त्यस्तो ठूलो कुरा होइन । अहिले उहाँ घरमै हुनुहुन्छ ।'

यसैबीच उपचार पाएर निको भइसकेका व्यक्तिले नै भ्रामक आरोप लगाउँदै एम्बुलेन्स तोडफोड गर्नु दु:खद भएको सशस्त्र प्रहरीका एक अधिकारीले बताए । यस्ता किसिमका घटना अन्य ठाउँमा समेत दोहोरिन सक्ने भन्दै त्यसको जानकारी मन्त्रालयलाई गराइने ती अधिकारी व्यक्तिले बताए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports