Incident Reports

एमाओवादी नेता बालकृष्ण ढुङ्गेलद्वारा पत्रकारलाई दुर्व्यवहार l

2014-05-03

Bagmati, Kathmandu, Kathmandu

Online Desk काठमाडौँ । ०७१ वैशाख २० गते सतोपाटी अनलाइन पत्रिकाका आवद्ध पत्रकार खिलनाथ ढकाललाई वैशाख २० गते एमाओवादी नेता बालकष्ण ढुङ्गेलले विराटनगरमा दुर्व्यवहार गरेका छन् । पत्रकार ढकालले ढुङ्गेलको फोटो खिच्ने क्रममा कसको अनुमतिले फोटो खिचेको, किन खिचिस् भन्दै उनको क्यामेरा खोसेर लगेका थिए । ढुङ्गेलले आफूले खोसेर कब्जामा लिएको क्यामेरा उनको सहयोगी मार्फत आधाघण्टा पछि फिर्ता गरेका थिए । विराटनगरमा एमाओवादीको राष्ट्रिय सम्मेलनमा भाग लिन ओखलढुङ्गाबाट प्रतिनिधि बनेर आएका ढुङ्गेललाई सर्वोच्च अदालतले ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजय फैसला गरेको छ । उनी नेपाल प्रहरीको फरार सूचिमा रहेका छन् । अनलाइन डेस्क

0 Comments