Incident Reports

विद्यालयमा तोडफोड तथा आगजनी l

2014-05-02

Lumbini, Banke, Rapti Sonari

Komal Niranjan Bhat कञ्चनपुर । ०७० वैशाख १९ गते नेकपा-माओवादी समर्थक विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताहरूले वैशाख १९ गते भिमदत्त नपा-४ स्थित इन्टरनेशनल बोर्डिङ्ग स्कुलमा तोडफोड तथा आगजनी गरेका छन् । ८ देखि १० जनाको सङ्ख्यामा आएका नेकपा-माओवादी समर्थक विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताहरूले विद्यालयले कापीमा विदेशी मुलका व्यक्तिहरूको फोटा छापेर विक्री गरी राष्ट्रियता विरुद्ध काम गरेको भन्दै प्राचार्यको कोठामा गई टेबुल र कम्प्युटर तोडफोड गर्नुका साथै विद्यालयको गेटमा रहेको स्कुल बसमा समेत आगजनी गरेका छन् । तोडफोड तथा आगजनीबाट कम्प्युटर एक थान, टेबुल एक थान र बसको भित्री भाग तथा सिट जलेर क्षति भएको विद्यालयका प्रबन्ध निर्देशक महाशर्मा न्यौपानेले बताए । विद्यालयमा तोडफोड गर्दा विद्यालयमा रहेका विद्यार्थीहरू र अविभावकहरू त्रसित भएका थिए । तोडफोड तथा आगजनी गर्नमा संलग्न समूहको खोजी भइरहेको र उनिहरूलाई गिरफ्तार गरी आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनायो । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis