Incident Reports

धनुषाः एक युवकमाथि बन्चरो प्रहार !

2020-09-01

Madhes, Dhanusha, Sahidnagar, Ward 2

 धनुषामा एक युवक उपर बन्चरो प्रहार गर्दा घाईते भएका छन् । दुई युबकबीच घाँस काटने बिषयलाई लिएर भनाभन हुँदा बन्चरो प्रहार गरिएको जनाइएको छ ।

धनुषाको शहिदनगरपालिका –२ चोराकोयलपुर बस्ने २९ वर्षीय मनिष भिनवारमाथि सोही ठाउँ बस्ने ४० वर्षीय प्रमोद भिनवारले बन्चरो प्रहार गरेको
जनाइएको छ ।

मँगलबार अबेर बेलुकी खेतमा घाँस कोटेको विषयमा विवाद हुँदा घटनाबारे प्रमोद भिनवारको घरमा बुझन गएका मनिष भिनवारमाथि प्रमोदले बन्चरो प्रहार गरेको घार्इतेका वुवा रामजतन भिनवारले बताएका छन् ।

बन्चरो प्रहारले टाउकोमा गम्भिर चोट लागेका मनिषलाई स्थानिय स्तरमा प्राथमिक उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचारको लागि भर्ना गरिएको छ ।

ईलाका प्रहरी कार्यालय यदुकूहाको समिपमा पर्ने प्रहरी चौकी चोराकोयलपुरका इन्चार्ज असई देवराम यादवले घटनाबारे जानकारी पाएर घाइतेको घरमा पुगेर घाइतेको प्राथमिक उपचार गराउन लगाई थप उपचारको लागि विरामीलाई प्रादेशिक अस्पताल जनकपुर पठाएको प्रतिक्रिया दिएका छन् ।

कुटपिट गर्ने प्रमोद भिनवार फरार रहेकाले गर्दा लाई प्रहरीले पक्राउ गर्न नसकेको असई यादवले थपे । उनको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports