Incident Reports

प्रहरीको कुटपिटबाट दुई जना घाइते l

2014-05-02

Lumbini, Banke, Rapti Sonari

Komal Niranjan Bhat कञ्चनपुर । ०७० वैशाख १९ गते भीमदत्त नपा-२ महुलियाका २१ वर्षीय हिक्मत चौधरी र २० वर्षीय कालु चौधरीलाई वैशाख १८ गते वडा प्रहरी कार्यालयका प्रहरी जवान धिरेन्द्र पन्तले कुटपिट गर्दा घाइते भएका छन् । वैशाख १८ गते छिमेकी अमित ऐरसँग विवाद भएपछि ऐरलाई कुटपिट गरी घाइते बनाएको आरोपमा वडा प्रहरी कार्यालय महेन्द्रनगरले हिक्मत र कालुलाई गिरफ्तार गरेको थियो । सोही दिन दुवैपक्षबीच पीडितको उपचार गर्ने गराउने भन्दै सहमति भएपछि प्रहरी जवान धिरेन्द्र पन्तले दुवैलाई भित्र लगि कुटपिट गरेको पीडितका बुवा लप्टन चौधरीले बताए । कुटपिटबाट पीडितहरूको खुट्टामा चोट लागेको र उनिहरूको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको पीडितले बताए । पीडितका बुवाले यातना दिने जवानलाई कारबाहीका लागि पहल गरिदिन इन्सेक जिल्ला कार्यालय कञ्चनपुरमा वैशाख १९ गते निवेदन दिएका छन् । इन्सेक प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जानकारी लिने क्रममा जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रशाद चौधरीले आरोपित प्रहरी जवान पन्तलाई जिल्ला प्रहरी कार्यालयमा हाजिर गराई आवश्यक अनुसन्धान शुरु गरेको बताए । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis