Incident Reports

बलात्कार प्रयासको आरोपमा गिरफ्तार l

2014-05-02

San Bahadur Thapa कास्की । ०७१ वैशाख १९ गते एक १० वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक १६ वर्षीय बालकलाई वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । बालकले बालिकालाई कोठामा एक्लै भएको बेला वैशाख १७ गते ललाई फकाई बलात्कार प्रयास गरेको भन्दै बालिकाकी आमाले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । आरोपितलाई वैशाख १८ गते गिरफ्तार गरी जबरजस्तीकरणी उद्योग मुद्दामा अनुसन्धान जारी राखेको प्रहरीले जनायो । पीडितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा वैशाख १८ गते स्वास्थ्य परीक्षण भयो । आरोपित बालकलाई जिल्ला प्रहरी कार्यालयको बालमैत्री कक्षमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis