Incident Reports

गस्तीका सशस्त्र प्रहरीमाथि तस्करद्वारा ढुङ्गा प्रहार

2020-09-02

Sudurpashchim, Kanchanpur, Belauri, Ward 1

कञ्चनपुर – गस्तीमा रहेको सशस्त्र प्रहरीका जवानमाथि कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीमा नेपाल–भारत सीमा स्तम्भ नम्बर २०२ नजिक तस्करहरुले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका छन् । 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमान्डामा खटी गएको १४ जनको टोलीमाथि भारतबाट अवैधरुपमा समान नेपाल भित्राउँदै गरको अवस्थामा तस्करले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका हुन् ।

भारतबाट ल्याउँदै गरेको माछाको भुरा नियन्त्रणमा लिने क्रममा तस्करले ढुङ्गा मुढा प्रहार गरेको सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्र ऐरले बताउनुभयो । स्थानीय बासीन्दाको सहयोग पछि तस्करहरु भागेका हुन् । तस्करहरुबाट रु १६ हजार मूल्य बराबरको माछाका भुरा बरामद गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 14
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports