Incident Reports

बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-05-04

Madhes, Siraha, Dhangadhimai

Durga Pariyar सिरहा । ०७१ वैशाख २२ गते बलात्कारका आरोपित बिष्णुपुरकट्टी गाविस-४ का ५६ वर्षीय विष्णुबहादुर लामालाई जिल्ला अदालतले वैशाख २१ गते पुर्पक्षका लागि थुनामा पठाउने फैसला गरेको छ । जिल्ला अदालतका न्यायधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल राजेशकुमार कटुवालले बताए । भान्जीको घर बिष्णुपुरकट्टी घुम्न गएकी सुस्त मन्स्थितिकी ५० वर्षीया महिलालाई आरोपितले चैत २६ गते साँझ बलात्कार गरेको आरोपमा उनकी भान्जीले इलाका प्रहरी कार्यालय लहानमा चैत २७ गते उजुरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले आरोपित लामालाई चैत २७ गते गिरफ्तार गरी आवश्यक कारबाही प्रकृया अगाडि बढाएको बताए । पीडित महिलाको स्वास्थ्य जाँच जिल्ला अस्पताल सिरहामा चैत २७ गते भएको डिएसपी फुयाल जनाए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis