Incident Reports

No translation available.

2014-05-06

Province 1, Morang, Pathari Shanishchare

INSEC Biratnagar दुई ट्रक र दुई बसमा आगजनी ,६० जनालाई नियन्त्रणमा मोरङको पथरीमा राजमार्ग बन्द गराउन आएका सुकुम्बासी र प्रहरीबीच झडप हुँदा १६ प्रहरी र २ दर्केजन ही प्रदर्शनकारी घाइते भएका छन्। जग्गाधनीपुर्जा पाउनुपर्ने मागसहित बुधबार मोरङ बन्दमा निस्किएका सुकुम्बासी र प्रहरीबीच झडप भएको हो। करिब ३ हजारको हाराहारीमा प्रदर्शनकारीहरुले यातायात बन्द गराउँदै हिडेको बेला प्रहरीले अवरोध गरेपछि झडपको स्थिति सृजना भएको हो। प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्नखोजेपछि स्थिति तनावग्रस्त भएको हो। घाइते प्रहरीमध्ये दुईको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ। बदर्शनकारीले दुई ट्रक र दुई बसमा आगजनी गरेका छन् । प्रहरीले ६० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास पनि प्रहार गरेको छ। यस्तै बन्दकर्ताले पञ्चायत उच्चमावी परीक्षा केन्द्रबाट परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका समेत खोसेर जलाएका पत्रकार गोकुल काफ्लेले जनाएका छन्। प्रदर्शनमा परी प्रहरी जवान दीपेन्द्र महतो र विष्णुबहादुर कार्की घाइते भएका छन्। कार्की सामान्य घाइते भएका छन् भने महतोलाई न्यूरो अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ। स्थिति असामान्य बन्दै गएपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की सुरक्षाकर्मीसहित घटनास्थल पुगेका छन् । घटनास्थलमा अहिले तीनसय बढी सुरक्षाकर्मी परिचालन गरिएको पत्रकार गोपाल काफ्लेले जनाएका छन्। पथरी, हसन्दह, शनिश्चरेसहित चार गाविसमा बसोबास गरिरहेका सुकुम्बासीहरुले बसोबास गरिरहेका जग्गाको धनीपूर्जा माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्। तस्विर सौजन्य: गोपाल काफ्ले

0 Comments

Related Reports
Related Trend Analysis