Incident Reports

क्षेत्रीय कारागारमा खुकुरी प्रहारबाट चारजना घाइते l

2014-05-05

Sekhar Dhakal सुनसरी । ०७१ वैशाख २३ गते क्षेत्रीय कारागार झुम्कामा वैशाख २२ गते भासी गाविस-५ घर भई कारगारमा रहेका ३५ वर्षीय हरिश्चन्द्र राईले कारागार भित्रै मुढा बनाइ रहेका बन्दीलाई खुकुरी प्रहार गर्दा चारजना बन्दी घाइते भएका छन् । खुकुरी प्रहारबाट कारागारमा बन्दी जीवन बिताइरहेका इटहरी नपा-५ का २५ वर्षीय चित्रबहादुर कार्की, धरान नपा-१९ का २४ वर्षीय मनकुमार राई, सङ्खुवासभा जिल्ला, मादीरम्वेनी गाविस-९ का भुवन गुरुङ र घटनामा संलग्न हरिश्चन्द्र राई समेत घाइते भएको जेलर गणेश अधिकारीले बताए । खुकुरीको प्रहार घाँटीमा लागेका चित्रबहादुर कार्कीको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर रहेको जेलर अधिकारीले बताए । टाउकोमा चोट लागेका मनकुमार राई र हरिश्चन्द्र राईको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने सामान्य घाइते भुवन गुरुङ उपचारपछि फर्किसकेको कारागारले जनाएको छ । हरिश्चन्द्रको मानसिक अवस्था ठीक नभएको जेलर अधिकारीले बताए । 'उसलाई पहिले पनि यहाँबाट काठमाडौँ पठाइएको थियो उपचार गर्न भनेर । फेरी अर्को मुद्दाको लागि काठमाडौँबाट केही महिना अगाडिमा क्षेत्रीय कारागारमा ल्याइएको थियो,' जेलर अधिकारीले भने । राई लागुऔषध र ज्यान मार्ने उद्योगको अभियोगी हुन् । राईले मुढा बनिरहेको ठाउँका हतियार टिपेर जथाभावी प्रहार गर्न थालेपछि उनले बेकेको खुकुरी खोस्ने क्रममा उनको टाउकोमा चोट लगेको जेलर अधिकारीको भनाइ छ । कायममुकायम प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले मानसिक अवस्था ठीक नभएका कैदी हरिश्चन्द्र राईले मुढा बन्दै गरेका बन्दीमा माथि हतियार प्रहार गर्दा केही बन्दी घाइते भएको र उनीहरूको उपचार भइरहेको बताए । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis