Incident Reports

गोली प्रहारबाट घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर l

2014-05-05

Madhes, Sarlahi, Dhankaul

Bidur Kumar Pyakurel सर्लाही । ०७१ वैशाख २३ गते हरकठ्वा गाविस-१ मा वैशाख २२ गते राती दुई पक्षबीच गोली हानाहान हुँदा १० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय रामआश्रेय साह र देवी सिंहबीच भएको विवादले उग्ररुप लिएपछि दुवै पक्षबाट गोली प्रहार भएको थियो । गोली लागेर हरकठवा गाविस-१ का ३६ वर्षीय विजयकुमार सिंह, ३९ वर्षीय रामबाबु सिंह, २७ वर्षीय राहुलकुमार सिंह, हरकठवा गाविस-३ का २५ वर्षीय मिलनप्रसाद सिंह र हरकठवा गाविस-२ का २४ वर्षीय रितेशकुमार सिंह गम्भीर घाइते भएका छन् । गम्भीर घाइते मध्ये मिलनप्रसादको शरीरका विभिन्न भागमा गोली लागेकोले अवस्था निकै चिन्ताजनक रहेको छ । गम्भीर घाइते मध्ये केहीको वीरगञ्जस्थित क्षेत्रीय अस्पताल र केहीको भरतपुर अस्पतालमामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पृथ्वीनारायण ओलीले बताए । अन्य घाइतेहरू मध्ये धनकौलका सिकेन्द्र पासवान लगायतको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट इन्स्पेक्टर नरेशकुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले देवी सिंह र रामआश्रेयका छोरा कमलेश भनिने २४ वर्षीय विमलेस साहलाई वैशाख २२ गते राती गिरफ्तार गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जनायो । विदुरकुमार प्याकुरेल

0 Comments

Related Reports
Related Trend Analysis