Incident Reports

बालिका बलात्कारको अभियोगमा नौ वर्षकैद l

2014-05-07

Lumbini, Bardiya, Barbardiya

Man Bahadur Chaudhary बर्दिया । ०७१ वैशाख २३ गते एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेका मगरागाडी गाविस-५ सोनपुरका २७ वर्षीय रामचन्द्र बस्याललाई जिल्ला अदातल बर्दियाले दोषी ठहर गर्दै नौ वर्षकैद सजाय तोकेको छ । जिल्ला अदालत बर्दियाका अतिरिक्त न्यायाधीश बसन्तराज पौडेलको इजलासले वैशाख २१ गते उक्त फैसला गरेको जिल्ला अदालत प्रशासन फाँटका अधिकृत धनसिंह गिरी जानकारी दिए । बस्यालले ०६८ असार १० गते राति घरमा कोही नभएको अवस्थामा घरमा सुतिरहेकी बालिकालाई जबर्जस्तीकरणी गरेको भन्दै पीडित पक्षले ०६८ असार १७ गते इलाका प्रहरी कार्यालय बनियाभारमा जाहेरी दिएका थिए । अदालतका अनुसार आरोपित बस्यालले बालिकालाई अप्राकृतिक यौन सम्बन्ध समेत राखेको जनाएको छ । बस्यालले पीडितलाई २५ हजार क्षतिपूर्ति तिर्नुपर्ने पनि जिल्ला अदालतको फैसलामा उल्लेख छ । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis