Incident Reports

बैतडी : स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथि कुटपिट

2020-09-07

Sudurpashchim, Baitadi, Sigas, Ward 5


बैतडी, २३ भाद्र ।  बैतडीको सिगास गाउँपालिका वडा ३ स्थित आधारभुत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि कुटपिट भएको छ । सोमबार वडा नं ५ ढुङ्गाडमा स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मी बोहरामाथि रक्सी सेवन गरी वडा नं ३ कै मानसिंह बोहराले कुटपिट गरेका हुन् ।

महामारीको समयमा भीडभाड नगर्न आग्रह गर्दा रक्सी सेवन गरेका मानसिंहले उनलाई कुटपिट गरेको सिगास गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख घनश्याम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीलाई यसबारे जानकारी भइसकेको र आज कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी कार्वाही प्रक्रिया थालिने बताइएकाे छ ।

क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि स्वाब संकलन कार्य प्रभावित बनेको छ । यसअघि पनि जिल्लाका केही स्थानीय तहमा स्वास्थ्यकर्मीमाथि यसरी नै दुर्व्यवहार भएकाे थियाे ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports