Incident Reports

जिल्ला अदालतद्वारा गम्भीर प्रकृतिको मुद्दा समय मै किनारा लगाउन सुरु l

2014-05-08

Sukdev Chaudhary मोरङ । ०७१ वैशाख २५ गते जिल्ला अदालतमा गम्भीर प्रकृतिको मुद्दा माथि निरन्तर सुनुवाई प्रकृया अगाडि बढाएर एउटा गम्भीर प्रकृतिको मुद्दा समय मै किनारा लगाइएको छ । एक ११ वर्षीया बालिकालाई आफन्त नाता पर्ने लेटाङ गाविस-५ का ३१ वर्षीय निसन भन्ने बुद्धबहादुर लिम्बूले बलात्कार गरेको घटनाको मुद्दा माथि निरन्तर प्रकृयामा बहस गरी २४ दिन मै मुद्दा किनारा लगाएको जिल्ला अदालतले जनाएको छ । ०७० चैत ४ गते भएको बलात्कारको घटनाको इलाका प्रहरी कार्यालय लेटाङमा चैत १४ गते उजुरी परेको थियो । घटना सम्पूर्ण प्रकृया पुरा गरेर जिल्ला अदालतमा चैत्त २८ गते मुद्दा दायर भएको थियो । घटना हातनाता अर्न्तर्गत परेकाले निरन्तर बहस चलाएर छोटो समय मै वैशाख २२ गते फैसला गरिएको जिल्ला न्यायाधीश ऋषिराम निरौलाले जानकारी दिए । न्यायाधीश निरौलाका अनुसार यस्तो प्रकृतिका घटनामा निरन्तर बहसबाट छोटो समय मै फैसला भएको जिल्लाको पहिलो मुद्दा भएको बताए । आरोपितलाई हाडनातामा १० वर्ष र जबर्जस्ती करणी उद्योगमा ८ वर्षगरी १८ वर्षकैद फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार ध्रुवकुमार ढकालले जानकारी दिए । । उक्त फैसलामा निजको अंश भागमा परेकोबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ती दिलाई दिन पनि आदेश भएको श्रेस्तेदार ढकालले बताए । इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर भुपेन्द्र कार्कीले पनि सो मुद्दाको दसी प्रमाणहरु समय मै जुर्टाई दिएका कारण समय मै मुद्दा किनारा लागेको जनाए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis