Incident Reports

बुहारी हत्याको आरोपमा सासू र ससुरा पुर्पक्षका लागि थुनामा l

2014-05-08

Gandaki, Parbat, Phalebas

Madhav Raj Pandey पर्वत । ०७१ वैशाख २५ गते शंकरपोखरी गाविस-९ का दुर्गादत्त सुवेदी र कालिका सुवेदीलाई बुहारीको हत्या गरेको आरोपमा जिल्ला अदालतको आदेशमा वैशाख २५ गते पुर्पक्षका लागि थुनामा पठाइएको छ । आरोपित परिवारकी बुहारी २२ वर्षीया विमला सुवेदी ०७० माघ २ गतेदेखि बेपत्ता भएकोमा २ महिना १९ दिनपछि चैत २१ गते कालिगण्डकी नदिको तिरमा लास फेला परेको थियो । लासको चैत २२ गते जिल्ला स्वास्थ्य कार्यालयबाट पोष्टमार्टम् भएको थियो । लास फेला परेपछि आर्थर डाँडाँखर्क गाविस-१ निवास मृतककी आमा खेमकुमारी गौतमले पीडितका ससुरा दुर्गादत्त सुवेदी, सासू कालिका सुवेदी, कान्छी नन्द कल्पना सुवेदी, देवर लक्ष्मण सुवेदी, साहिँली नन्द जुना ढकाल, पति रुद्रप्रसाद सुवेदी र ज्वाई कृष्ण काफ्लेका विरुद्ध कर्तव्य गरी हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा चैत २२ गते जाहेरी दिएकी थिइन् । माइती पक्षले दिएको जाहेरी दर्ता गरी आरोपित सासू र ससुरालाई चैत २२ गते गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दामामा अनुसन्धान गरेकोमा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले बताए । घटना संलग्न अन्य आरोपितहरू फरार रहेकोले खोजी कार्य भइरहेको उनले बताए । विवाहको समयमा नै ससुराले दाइजो कम भएको भन्दै टिकाटालो नगरी दुलहीको घरबाट हिँडेको र त्यसपछि निरन्तर रुपमा दाइजोकै निहुमा यातना दिँदै आएको माइती पक्षको आरोप छ । यसअघि मृतक बिमलाले पटक-पटक यातना भएको र आफू बाँच्न नचाहेको आशयका एसएमएस बेपत्ता हुनु भन्दा केही समय पहिले आफन्त र साथीहरूलाई पठाएकी थिईन् । माधवराज पाण्डेय

0 Comments

Related Reports
Related Trend Analysis