Incident Reports

बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-05-09

Madhes, Siraha, Dhangadhimai

Shekhar Dhakal सुनसरी । ०७१ वैशाख २६ गते एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्लाको मैनामैनी गाविस-४ का १८ वर्षीय सुरेन्द्र राईलाई जिल्ला अदातल सुनसरीले वैशाख २५ गते पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश पर्शुराम भट्टराईको इजलासले सुरेन्द्रलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । धरानको सुवेदी होटलमा ल्याई कोठामा थुनेर राईले ०७० चैत २० गते बलात्कार गरेको भन्दै बालिकाले इलाका प्रहरी कार्यालय धरानमा चैत ३० गते उजुरी दिएकी थिइन् । धरानको होटलमा पाँच दिनसम्म बन्धक बनाई बलात्कार गरेको र आफूसँग भएको सुन बेचेर सुरेन्द्रले काठमाडौँ पुर्‌याएको र काठमाडौँबाट भागेर आफन्तको सरणमा पुगेको बालिकाको उजुरीमा जनाइएको छ । बालिकाले उजुरी दिएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय धरानको हिरासतमा अनुसन्धानको लागि राखेको थियो । प्रहरीले जबर्जस्ति करणी मुद्दा चलाएकोमा आरोपित सुरेन्द्र विरुद्ध अपहरण तथा शरीरबन्धक मुद्दा समेत चलाउन अदालतले आदेश दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले बताए । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis