Incident Reports

रोल्पामा नेकपाका कार्यकर्ताद्वारा महिला वडा सदस्य बिष्टमाथि कुटपिट

2020-09-13

Lumbini, Rolpa, Suwarnabati, Ward 3

रोल्पा, २९ भदौ । बैठकमा सामान्य विवाद भएपछि रोल्पामा नेकपाका ५ जना पुरुष कार्यकर्ताले एक महिला वडा सदस्यमाथि कुटपिट गरेका छन् । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ कि नेपाली काङ्ग्रेसबाट निर्वाचितख महिला वडा सदस्य तेजकुमारी बिष्टमाथि आइतबार कुटपिट गरेका हुन् ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ मा अवस्थित घायनाथ मन्दिरको फिल्ड तथा कम्पाउण्ड वाल निर्माणका लागि वडा नम्बर ३ स्थित बसेको बैठकको समापन भइसके पछि विभिन्न बहाना बनाएर एकाएक नेकपाका कार्यकर्ताले आफूमाथि हातपात गरेको सदस्य बिष्टले जानकारी दिइन् ।

वडा नम्बर ३ का का.बा.वडा अध्यक्ष गिर बहादुर बिष्टका अनुसार मन्दिर फिल्ड र कम्पाउड वाल निर्माणको विषयमा आइतबार बिहान ८:३० बजे देखि शुरु गरिएको बैठक नेकपाका जिम्मेवार कार्यकर्ताहरुले बिथोल्न खोज्दा दिउँसो २ बजेसम्म पनि निष्कर्षमा पुग्न सकेन।

त्यसपछि का.बा.वडा अध्यक्ष बिष्टले अर्को बैठक ३० गते मंगलबार लागि बस्ने जानकारी गराए। त्यसलगत्तै आक्रोशित मुद्रामा रहेका नेकपाका कार्यकर्ताहरुले महिला वडा सदस्य बिष्टमाथि कुटपिट गरेका थिए । कुटपिटबाट बिष्ट सामान्य घाइते भएको का.बा.वडा अध्यक्ष बिष्टले जानकारी दिए ।

सुनिल स्मृति गाउँपालिकामा यस अघि पनि गाउँपालिका अध्यक्ष गुनेन्द्र घर्तिले कार्यपालिकाकै बैठकमा वडा अध्यक्ष गन्जबहादुर क्षेत्री माथि मुक्का प्रहागरेका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 5
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments