Gaman Singh Khadka
दाङ । ०७१ वैशाख २९ गते
बहुविवाह गरेको आरोपमा मानपुर गाविस-६ भितुरियाका ३६ वर्षीय बिष्णु बिक र १८ वर्षीया सुजना बिकलाई वैशाख २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
बहुविवाह गरेको आरोपमा पत्नी २६ वर्षीया खिमा बिकले पति बिष्णु बिक विरुद्ध वैशाख २८ गते प्रहरी चौकी हेमन्तपुरमा बहुविवाहको मुद्दा दर्ता गराएपछि आरोपितहरूलाई गिरफ्तार गरेको हो ।
हेमन्तपुर प्रहरी चौकीले आरोपितहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर पठाएको जानकारी दिएको छ ।
गमनसिंह खड्का