Incident Reports

कैलालीका पत्रकारमाथि भएको आक्रमणविरुद्ध कालो पट्टी बाँधेर प्रशासनमा धर्ना

2020-09-17

धनगढी– सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा कालो पट्टी बाँधेर धर्ना दिईएको छ। नेपाल पत्रकार महासंघ कैलालीले घोषणा गरेका दोस्रो चरणको आन्दोलन अन्तरगत पत्रकारहरुले टाउको र हातमा कालो पट्टी बाँधेर धर्ना दिएका हुन्।

धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरे। उनले आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी कारवाहीको दायरामा नल्याए सम्म सडक संघर्ष जारी राखिने बताए।

‘प्रमुख जिल्ला अधिकारीलाई मेरो आग्रह छ, छिटो भन्दा छिटो दोषीलाई पक्राउ गरी कानूनी दायरामा ल्याईदिनुस्।’ उनले भने। यस्तै अन्नपूर्ण पोष्टका सुदूरपश्चिम ब्युरो प्रमुख सेमत रहेका पत्रकार शिवराज भट्टले समाचारमा असन्तुष्टि भएपछि कानूनी उपचारको बाटो हुँदाहुँदै पनि दिनेश सञ्चार गृहमा गरिएको आक्रमण निन्दनीय भएको बताउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरे।

उनले सञ्चार माध्यममै प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नु दण्डहिनताको उपज भएको उल्लेख गर्दै घटना भएको हप्ता दिन पुग्दा समेत पक्राउ नपर्नु दुःखद भएको बताए। पत्रकारले आफ्ना लागी नभएर आम नागरिकका लागि समाचार लेख्ने गरेको कुरा बुझ्न समेत उनको आग्रह थियो।

पत्रकारमाथि कुटपिट गरेको भिडियो फेसबुक मार्फत लाईभ गर्नेलाई पनि प्रहरी पक्राउ नगर्नुले घटना रहस्यमय भएको भट्टको भनाई थियो। आदिवासी जनजाती पत्रकार महासंघ कैलालीका अध्यक्ष लखन चौधरीले पनि पत्रकारमाथि श्रृखंलाबद्ध रुपमा भईरहेका आक्रमण विरुद्धको आन्दोलन दोषीलाई कारवाहीको दायरामा नल्याउँदा सम्म जारी रहने बताए।

उनले पत्रकारहरुलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण स्थानीय प्रशासनले बनाउनुपर्ने जनाए। नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद तथा थारु पत्रकार संघ कैलालीका अध्यक्ष प्रेम चौधरीले मिडिया र पत्रकारलाई आक्रमण गर्ने व्यक्ति पक्राउ नगर्नुले प्रहरी प्रशासनको भूमिकामाथि समेत आशंका उब्जिएको बताए।

कैलालीमा प्रेस स्वतन्त्रता हननका घटना बढेकाले पछिल्लो पटकको घटनाका दोषीलाई कानूनी कारवाही गनुपर्ने माग गरे। समाचारको विषयलाई लिएर गत शुक्रवार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको थियो।

आक्रमणमा संलग्नलाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्दै पत्रकार महासंघ कैलालीको अगुवाईमा आन्दोलनका कार्यक्रम जारी राखिएको छ। आन्दोलन अन्तरगत भोली पनि जिल्ला प्रशासन कार्यालय अगाडी सञ्चार सामाग्री सहित धर्ना र प्रर्दशन गर्ने कार्यक्रम तय भएको पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले बताए।

पहिलो चरणका आन्दोलनका कार्यक्रम अन्तरगत आईतवार धनगढीको पार्कमोडदेखि जिल्ला प्रशासन कार्यालसम्म ¥याली र कोण सभा गरिएको थियो। सोमवार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर मुख्यमन्त्री त्रिलोभन भट्टलाई ध्यानाकर्षण पत्र बुझाईएको थियो भने मंगलवार आन्तरिक मामिता तथा कानुन मन्त्रालयमा धर्ना दिइएको थियो।

सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दिनेश सञ्चारगृहले सार्वजनिक हित विरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालयमा शुक्रवार नै जाहेरी दिएको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments