Incident Reports

कुटपिट गर्ने पतिविरूद्ध उजुरी दर्ता l

2014-05-11

Madhes, Siraha, Lahan

Durga Pariyar सिरहा । ०७१ वैशाख २८ गते लहान नपा-७ की २३ वर्षीया अम्बिकादेवी साहले पति ३२ वर्षीय रञ्जन साहले कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पीडितले वैशाख २८ गते उजुरी दिइन् । पीडितले साहसँग ०६५ सालमा विवाह भए पनि पति लगायत घरका अन्यहरूले पटक-पटक मानसिक तथा शारीरिक यातना दिरहेको बताइन् । देवर ३० वर्षीय राजीव साहले वैशाख २१ गते कुर्सी भाँचिने गरी आफूलाई कुटपिट गरेको आरोपमा त्यसको उजुरी लहान थानामा गरेको कारण वैशाख २८ गते सोही बहानामा निउ खोजी पतिले आफूलाई कुटपिट गरी घरबाट निकालेकोले कारबाहीको लागि उजुरी दिएको पीडितले बताइन् । इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर सन्तोष निरौलाले पीडितको उजुरीको आधारमा कारबाही प्रकृया अगाडि बढाउन आदेश दिएको बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis