Incident Reports

बलात्कारका आरोपित पूर्पक्षका लागि थुनामा l

2014-05-11

Narayan Parajuli नवलपरासी । ०७१ वैशाख ३० गते रतनपुर गाविस-६ का ४० वर्षीय थर्कबहादुर सारु मगरलाई एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वैशाख २९ गते जिल्ला अदालतका आदेशमा पूर्पक्षका लागि थुनामा पठाएको छ । आरोपितले विगत पाँच महिनादेखि बलात्कार गर्दै आएको र गर्भ समेत रहेको भन्दै वैशाख ७ गते पीडितले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय गैडाकोटले आरोपितले वैशाख ८ गते गिरफ्तार गरेको थियो । अनुसन्धानपछि जिल्ला अदालतका १ नम्बर न्यायधीश विष्णुप्रसाद कोइरालाको इजलासले वैशाख २९ गते पूर्पक्षका लागि थुनामा पठाएको हो । पीडित आरोपितकी झड्केली छोरी रहेकोमा आफ्नै नामबाट जन्मदर्ता बनाएको कारण हाडनाता करणी अन्तर्गत मुद्दा चल्न सक्ने जिल्ला अदालत दाहेरी शाखाले जनाएको छ । नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis