Incident Reports

चोभारमा भूत भगाउने भन्दै १२ वर्षीया बालिकालाई पन्यूले डाम्ने पक्राउ

2020-09-17

Bagmati, Kathmandu, Kirtipur


काठमाडौँ । भूत भागाउने भन्दै १२ वर्षीया बालिकालाई पन्यू तताएर डाम्ने बाजुरा घर भई चोभार बस्ने २६ वर्षीय किशोर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । 

बाजुराका १२ वर्षीया बालिका प्रमिला शाहीलाई भूत लागेको भन्दै पन्युले डामेको आरोपमा किशोर शाहीलाई चोभारबाट महानगरीय प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो । 

असोज १ गते बालिका सामान्य बिरामी भएकी थिइन् । बिरामी भएपछि किशोरले भूत लागेको भन्दै पन्यूले डाम्नुपर्ने बताएपछि चारपटक सम्म पन्यूले डामेका थिए । 

पन्युले डामेपछि बालिकाको ४ प्रतिशत अनुहार जलेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । कीर्तिपुर अस्पतालमा उपचारपछि पीडित बालिका डिस्चार्ज भएकी छिन् । 

किशोर शाही चोभारमा रंगरोगनको काम गर्दै आइरहेका थिए । पक्राउ परेका शाहिमाथि अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Fire
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments