Incident Reports

अपहरणमा परेका डाक्टर प्रहरीको सक्रियतामा मुक्त l

2014-05-12

Madhes, Siraha, Dhangadhimai

Durga Pariyar सिरहा । ०७० वैशाख २९ गते धनगढी गाविस-१ निवासी डाक्टर ४० वर्षीय वीरेन्द्रकुमार सिंहलाई प्रहरीको सक्रियतामा वैशाख २९ गते बिहान धनुषा जिल्लाको चरा कोयलपुरबाट अपहरण मुक्त भएका छन् । आफ्नै निवासमा रोशनी स्काई पोली क्लिनिक प्रालि सञ्चालन गर्दै आएका सिंहलाई वैशाख २८ गते राती अज्ञात समूहले घरबाटै अपहरण गरी धनुषा जिल्लाको चरा कोयलपुर गाविस-४ मा पुर्‍याएका थिए । राति घरमा डाक्टरलाई बिरामी देखाउन भनी आएका अज्ञात व्यक्तिहरूले शौचालयको छेउबाटै अपहरण गरी लगेको पीडितका परिवारले बताए । केही घण्टापछि सिंह घरमा फेला नपरेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । सिरहाका एसपी पूर्णचन्द्र जोशीले राती देखि नै सुराकी लगाएर पीडितलाई अपहरण गरी लुकाइ राखेको स्थान फेला पारि धनुषा प्रहरीको सहयोगमा पीडितलाई धनुषाको चरा कोयलपुरको एक घरबाट अपहरण मुक्त गराएको बताए । पीडित सिंहको आँखामा पट्टी बाधेको अवस्थामा फेला परेको एसपी जोशीले बताए । पीडितलाई जिल्ला प्रहरी कार्यालयमा राखि सोधपुछ जारी रहेको र अपहरणकारीहरूको खोज तलास भई रहेको जोशीले बताए । दर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis