Incident Reports

बहुविवाह गरेको आरोपमा उजुरी l

2014-05-14

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai खोटाङ । ०७१ वैशाख ३१ गते जालपा गाविस-२ की ३० वर्षीया मनकुमारी श्रेष्ठले पति ३५ वर्षीय रामकुमार श्रेष्ठले बहुविवाह गरेर आफूमाथि हिंसा गरेको आरोपमा कारबाहीको माग गर्दै वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । दश वर्षअघि सामाजिक परम्परा अनुसार विवाह गरेपश्चात दुई जना छोराछोरीको जायजन्म भइसकेको अवस्थामा पतिले ०७० चैत २९ गते जालपा गाविसकी २३ वर्षीया रमा श्रेष्ठसँग बहुविवाह गरेपछि उजुरी दिनुपरेको पीडिले बताइन् । पतिले आफू र छोराछोरीलाई समेत बेवास्ता गर्ने, खानलाउनबाट वञ्चित गर्ने, हेलाहोचा गरी मानसिक यातना दिने गरेको पीडितद्वारा दिइएको उजुरीमा उल्लेख छ । पीडितले दिएको उजुरीको आधारमा आरोपितलाई झिकाउन प्रहरी चौकी जालपालाई पत्राचार गरिसकिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका असई मनोज यादवले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis