Incident Reports

रौतहटमा दम्पतीमाथि सामुहिक आक्रमण : श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर

2020-09-25

Madhes, Rautahat, Dewahhi Gonahi, Ward 5

रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको छ। 

उनका श्रीमान्को अवस्था गम्भीर छ। 

देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामी मृत्यु भएको प्रहरीले जनाएको छ। 

चार जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो। 

उपचारकै क्रममा शनिबार जगरामीको मृत्यु भएको छ भने वीरगंञ्जस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेको महेशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए। 

उनीहरूले जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पतीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भिक अनुमान छ। 

घटनामा संलग्न बलीराम मुखिया बिन पक्राउ परिसकेको छ भने बाँकीको खोजी भइरहेको प्रहरी उपरीक्षक शाहले बताए। 

जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका तिवारी दम्पतीलाई शुक्रबार साँझ देवाही गोनाही–५ का सोनालाल मुखिया बिन, प्रजित मुखिया बिन र बलिराम मुखिया बिन सहित चार जना मिलेर आक्रमण गरेका थिए।

(रासस)

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Total Injured 1
National/Online Media

0 Comments

Related Reports