Incident Reports

लासको अन्तिम संस्कारका लागि भएको विवाद तत्कालका लागि समाधान l

2014-05-13

Madhes, Dhanusha, Mithila Bihari

Binod Kumar Rabidas धनुषा । ०७१ वैशाख ३१ गते मुसलमान र हिन्दुहरुबीच लासको अन्तिम संस्कारका लागि भएको विवाद तत्कालका लागि समाधान भएको छ । स्थानीयहरुबीच वैशाख ३० गते राती ११ बजेसम्म दुवै पक्षबीच झडपको अवस्था देखेपछि थप प्रहरी मगाइएको थियो । राती १२ बजेतिर एसपी उत्तमराज सुवेदी तथा सीडियो हर्रि्रसाद मैनालीले रोडदेखि दक्षिण लासको अन्तिम संस्कार गराएको मुस्लिम नेता साहले बताए । ठेरा कचुरी-६ घर भएकी ७० वर्षीया कितबनी खातुनकको वैशाख २९ गते राती मृत्यु भएपछि मुस्लिम धर्मअनुसार वैशाख ३० गते अन्तिम संस्कार गर्न कबरगाहमा कबर (खाल्डो) बनाइ दफनाउनका लागि लास लिएर मुस्लिमहरु आएपछि कचुरीका हिन्दु धर्मावलम्बीहरुले रोकेका थिए । अन्तिम संस्कारको क्रममा हिन्दु धर्मावलम्बीहरुले ढुङ्गा मुढा प्रहार गरेपछि एकजना मुस्लिम महिला टाउको फुटी घाइते भएको स्थानीय राजेश महराले बताए । ठेरा गाविस-६ घर भएकी ५० वर्षीया जैतुन खातुन घाइते भएकी थिइन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको मुस्लिम नेता साहले बताए । यस विवादलाई जेठ ५ गते जिल्ला प्रशासन कार्यालय धनुषामा दुवै पक्षलाई बोलाएर छलफल गरिने डिएसपी घिमिरेले बताए । ठेरा कचुरी गाविसमा १ विघा १८ कठ्ठा १४ धुर जग्गा रहेकोमा सो जग्गामा हिन्दु र मुस्लिम दुवै पक्षले दावी गरेको डिएसपी दीलिप घिमिरे बताए । सो जग्गा परापूर्वकालदेखि मुस्लिमहरुले कबरगाहको रुपमा प्रयोग गर्दै आएको मुस्लिम नेता अब्दुल क्युम साहले बताए । एउटै गाविसमा रहेको दुइवटा गाउँ ठेरा र कचुरीबीच हिन्दु र मुस्लिम भनि विवाद भएपछि डिएसपी घिमिरेको कमाण्डमा प्रहरी परिचालन गरिएको थियो । समसानघाट भनिएको ठाउँमा मिथिला बिहारीको डोला विश्राम गर्ने गरेको, गाई गौचर भएको र दुवै गाउँका विद्यार्थीहरुले खेल मैदान समेत बनाएकोले सो जग्गामा कुनै पनि हालतमा हिन्दुको समसानघाटलाई कबरगाह बनाउन नदिने हिन्दु धर्मावलम्बीहरुले बताएका छन् । सो जग्गाबीचैबाट धनुषा-जनकपुर सडक भएकोले मुस्लिमहरुले रोडको उत्तर कबरगाह बनाओस र रोडको दक्षिण हिन्दु धर्मावलम्बीहरुले धार्मिक स्थल तथा खेलककुद मैदानको रुपमा प्रयोग गर्दा विरोध जनाएको स्थानीय विन्देश्वर यादवले बताए । पूर्वकालमा समसानघाट र कबरगाह भनिएको सो जग्गामा खोला बग्ने गरेकोले हिन्दु धर्मावलम्बीहरुले दाहसंस्कार गर्ने गरेका थिए । हाल सो खोला करीब ८ सय मिटर पश्चिम बग्ने गरेकोले खोला बग्ने ठाउँमा हिन्दु धर्मावलम्बीहरुले दाहसंस्कार गर्ने गरेको निवर्तमान गाविस अध्यक्ष बिल्टु यादवले बताए । यता सडकमा लास राखेको विषयमा डिएसपी घिमिरेले तत्काल सडक भन्दा उत्तर अन्तिम संस्कार गरिने निर्णय गरे पनि मुस्लिम समुदायका मानिसहरुले मानेका थिएनन् । विनोदकुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis