Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार l

2014-05-13

Province 1, Khotang, Diprung

DM Chamling Rai खोटाङ । ०७१ वैशाख ३० गते एक ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा याम्खा गाविस-६ का ५५ वर्षीय हर्कबहादुर विश्वकर्मालाई प्रहरीले वैशाख ३० गते घरैदेखि गिरफ्तार गरेको छ । घरमा कोही नभएको अवस्थामा आरोपितले बालिकालाई वैशाख २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले घटना भएकै दिन प्रहरी चौकी याम्खामा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रमेशकुमार देवले बताए । घरमा खेल्दै गरेकी बालिकालाई आरोपितले ललाइफकाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । गिरफ्तारपछि आरोपितलाई जिल्ला सदरमुकाम दिक्तेलमा ल्याएर अनुसन्धान थालिएको छ । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा वैशाख ३० गते गरिएको इन्स्पेक्टर देवले जानकारी दिए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis