Incident Reports

भूमि अतिक्रमको विरोध गर्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

2020-09-29

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ : नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ। नेपाल रिपब्लिकन पार्टीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा पार्टीका कार्यकर्ताले ‘गो ब्याक चाइना’ भन्दै नारावाजी लगाएका छन् । त्यस्तै सहभागीहरूले चिनियाँ हस्तक्षेपको विरोध गर्दै नेपालमा चीनको दादागिरी नचल्ने भन्दै आक्रोश पोखेका छन् ।

सहभागीहरूले नेपालको भूमि फिर्ता गर, चिनियाँ विस्तारवाद मुर्दाबाद, हुम्लाको नेपाल-तिब्बत सीमाबाट कम्युनिस्ट चीन फिर्ता जा भन्दै चीनविरूद्ध नारा लगाएका हुन्।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको छ । नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तीब्र गतिमा अघि बढेको छ ।

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए। ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन,’ उनले भनेका छन् ।

यसैबीच नेपाल विद्यार्थी संघले सोमबार चिनियाँ दूतावासअघि प्रदर्शन गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports