Incident Reports

बेदकोट-९ का वडाध्यक्ष धामीमाथि भौतिक आक्रमण

2020-09-29

असोज १४, २०७७ कञ्चनपुर : बेदकोट नगरपालिका-९ का वडाध्यक्ष रामसिंह धामी माथि गएराति साङ्घातिक आक्रमण भएको छ। नगरपालिकाका तीन वडाको जग्गा समस्या समाधान निम्ति समिति बनाएपछि मंगलबार साँझ धारिलो हतियार प्रहार गरी वडाध्यक्ष धामीलाई आक्रमणकारीहरूले घाइते बनाएका हुन्‌। सत्तारूढ नेकपाका नेता धामी तीन वडाको जमिन अर्कैको नाममा दर्ता गराउने भूमाफिया र कर्मचारी विरुद्ध शुरुदेखि नै लड्दै आएका थिए। सरकारले समिति बनाएपछि भूमाफिया गिरोहले साङ्घातिक आक्रमण गरेको आशंका गरिएको छ। वडाध्यक्ष धामी आफ्नै वडामा पर्ने सुन्दरपुर क्षेत्रमा आक्रमणमा परेका हुन्‌। धामीको पेट र छातीमा चोट लागेको छ। आफूमाथि ८/१० जनाले आक्रमण गरेको उनले जानकारी दिएका छन्‌। बेदकोट नगरपालिका कार्यालयबाट घर फर्कने क्रममा सुन्दरपुरको क्षेत्रीय कृषि तालिम केन्द्र नजिक कल्भर्टमा बाटो ढुकेर बसेको समूहले आक्रमण भएको बताइएको छ। ‘म मोटरसाइकल चढेर घर जाँदै थिए, ८/१० युवक थिए, टाटैबाट हर्न दिएर पनि बाटो छाडेनन्‌, उनीहरूले मास्क लगाएका थिए, त्यसैले चिन्न सकिँन,’ उनले भने, ‘एकाएक आक्रमण गरे, त्यसपछि मलाई होस नै भएन, घर पुर्‍याएपछि होस आयो।’ अध्यक्ष धामीको पेटमा पाँच टाँका लगाइएको छ। उनले भूमाफिया गिरोहले आफूमाथि आक्रमण गर्न लगाएको बताएका छन्‌। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Access/control of private land
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports