Incident Reports

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

2020-09-29

Sudurpashchim, Achham, Kamalbazar

अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा तपमान विष्टसहित तीन जनाले नगरपालिकाका ईन्जिनियर नरेश न्यौपानेलाई कुटपिट गरेको देखिएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख योगेन्द्र सिंह थापाले जानकारी दिए।

पक्राउ पर्नेमा नगरपालिकाका एम्वुलेन्स चालक मदन विष्ट र नगर प्रमुखका नाति दिनेश विष्ट समेत रहेका छन्। पिडितको जाहेरी आएपछि कानूनी प्रक्रिया अघि बढाइने प्रहरी प्रमुख थापाले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धानका लागि जिल्लाबाट पनि प्रहरी खटाइसकेको र अनुसन्धान जारी रहेको उनले बताए।

नभएको कामको पनि बिल उठाउन दबाब दिएको र आफुले त्यसो गर्न नमानेपछि मंगलबार राति आफुमाथि आक्रमण भएको ईन्जिनियर न्यौपानेले बताए।

यता स्थानीय तह कर्मचारी हकहित मञ्च रामारोशनले दोषीमाथि कारबाहीको माग गरेको छ। मञ्चका अध्यक्ष रामबहादुर भण्डारीद्वारा जारी विज्ञप्तिमा इन्जिनियर न्यौपानेमाथि भएको सांघातिक हमलाका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन नगरपालिकालाई अनुरोध गरिएको छ।

विज्ञप्तिमा भनिएको छ ‘नीति, विधि, पद्धति र प्रचलित कानूनको आधारमा सेवा प्रवाह गर्ने राष्ट्रसेवक माथि आफ्नो गैरकानूनी स्वार्थ पूरा गर्न नपाएको झोकमा गरिएको कायरतापूर्ण अमानवीय व्यवहारको जति निन्दा गरे पनि कमै हुन्छ।’

दोषीलाई कारबाहीको दायरामा ल्याउन नगरपालिकालाई र आवश्यक पहलकदमीका लागि प्रमुख प्रशाशकीय अधिकृतलाई आग्रह गरिएको छ। कानूनी उपचारका लागि तत्काल ठोस पहल नगरे स्थानीय तह कर्मचारी हक हित मञ्च कानुनी उपचारको बाटोमा जाने विज्ञप्तिमा जनाइएको छ। साथै पीडित राष्ट्रसेवकलाई तत्काल स्वास्थ्य उपचारको व्यवस्था गर्न समेत जोडदार माग गरिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports