Incident Reports

बोक्सीको आरोपमा आमा र छोरीलाई नै कुटपिट l

2014-05-13

Madhes, Dhanusha, Janakpur

Binod Kumar Rabidas धनुषा । ०७१ जेठ १ गते बोक्सीको आरोपमा धनुषाको लक्ष्मीपुरबगेवामा आमा र छोरीलाई नै छिमेकीले कुटपिट गरेका छन् । लक्ष्मीपुर बागेवा-९ की ५५ वर्षीया सुरजदेवी यादव र छोरी १८ वर्षीया सीतादेवी यादवलाई वैशाख ३० राती साढे नौ बजे छिमेकी रामवलीका जेठा छोरा सजनकुमार यादव, कान्छा छोरा राजनकुमार यादव, पत्नी मानवतीदेवी र छोरी निसुदेवीले कुटपिट गरेका हुन् । घटना भएकै राती प्रहरीले आरोपित रामवली र उनका जेठा छोरा साजन र पत्नी मानवतीदेवीलाई गिरफ्तार गरेको असई नविअख्तर मियाँले जनाए । घटनामा सङ्लग्न रहेको आरोपमा गिरफ्तारीमा परेका उनीहरुलाई २४ घण्टा भन्दा बढी राख्न नमिल्ने भएकोले जेठ १ गते सार्वजनिक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका र्सइ रमेश श्रेष्ठले बताए । घर मुली एवम् सुरजदेवीको पति कामेश्वर यादव घरमा नभएको मौका छोपी आमा र छोरीलाई छिमेक रामवली यादवका परिवार मिलेर मरनासन्न हुने गरी कुटपिट गरेको स्थानीय प्रमोदकुमार यादवले जानकारी दिए । आमालाई बचाउन जाँदा छोरी पनि कुटिएकी हुन् । आमा र छोरी दुवै जना पीडितकोको जेठ १ गते पनि जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी लक्ष्मीनियाका असई नवि अख्तर मियाँले बताए । सुरजदेवीलाई एक वर्षअघिदेखि रामवलीका परिवारले बोक्सी भएको आरोप लगाउँदै धाकधम्की दिँदै आएका स्थानीयले बतए । पीडितले भने प्रहरीमा उजुरी दिएका छैनन् । पीडितहरु प्रहरी सर्म्पर्कमा पनि नरहेको प्रहरीले जनायो । विनोदकुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis