Incident Reports

खुकुरी प्रहर गरी पत्नीको हत्या l

2014-05-14

Province 1, Morang, Pathari Shanishchare

Suk Dev Chaudhary मोरङ । ०७१ जेठ १ गते हसन्दह गाविस-८ की ३० वर्षीया विष्णु लिम्बूको वैशाख ३१ गते पतिले घरायसी विवादलाई लिएर आफ्नै घरमा खुकुरी प्रहार गरी हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेर घर पुगेका पीडितका पति ३४ वर्षीय रमा भन्ने रामकुमार चौधरीले विष्णुलाई सामान्य वादविवाद हुँदा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जनाइएको छ । लासको पोस्टमार्टम जेठ १ गते कोसी अञ्चल अस्पताल विराटनगरमा भएको प्रहरीले जानकारी दियो । घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली घटनास्थल पुग्दा आरोपित चौधरी सर्म्पर्कबिहीन भएकोले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी विश्वराज पोखरेलले बताए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis