Incident Reports

गुल्मीमा छोराद्वारा बाबुको हत्या

2020-10-04

Lumbini, Gulmi, Isma, Ward 4

गत राति गुल्मीको इस्मामा छोराको आक्रमणबाट बाबुको ज्यान गएको छ । इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ टोलका ६० वर्षीय दिलबहादुर बस्नेतलाई उनकै छोरा अनिल बद्नेतले धारिलो हतियारले आक्रमण गर्दा ज्यान गएको हो ।

मरणासन्न अवस्थामा रहेका उनलार्इ उपचारका लागि पाल्पा पठाइएको र त्यहाँबाट बुटवल पठाउने क्रममा गए राति नै मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी केदार राज पन्तले जानकारी दिए ।

आइतबार साँझ करिब ७ बजेको समयमा अन्दाजी २५ वर्षीय छोरा अनिलले मदिरा सेवन गरी विवाददका क्रममा बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ । उनी रातिदेखि नै फरार रहेको र खोजि कार्य भइ रहेको डिएसपी पन्तले जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports