Incident Reports

बलात्कार प्रयास गर्ने आरोपित पुर्पक्षका लागि थुनामा l

2014-05-18

Madhes, Saptari, Saptakoshi

Manohar Kumar Pokharel सप्तरी । ०७१ जेठ ४ गते एक १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा ठेलिया गाविस-५ बक्साहाका २७ वर्षीय पुरन चौधरीलाई जिल्ला अदालतले जेठ ४ गते कारागारमा थुनामा पठाएको छ । जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले आरोपितलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । आरोपितले वैशाख ७ गते बिहान ठेलिया गाविस-५ पौडेलनी खोल्सीस्थित जंगलमा दाउरा लिन गएको बेला पीडितलाई बलात्कार प्रयास गरेको भन्दै पीडितकी आमाले वैशाख ७ गते उजुरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरले आरोपितलाई वैशाख ७ गते गिरफ्तार गरेको थियो । पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा वैशाख ७ गते स्वास्थ्य परीक्षण भएको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis