Incident Reports

लुटेराले एक महिलाको दुइ वटै कान काटेर गहना लुट्यो

2020-10-04

Gandaki, Nawalparasi East, Kawasoti, Ward 13

नवलपुर : नवलपुरको कावासोतीमा एकजना महिलाको कान काटेर लुटेराले सुनका गहना लुटेर फरार भएका छन् ।

कावासोती १३ बुढौली कुना घर भएकी ४६ बर्षीया तुलसी पौडेलको कान काटेर दुई जना लुटेराले गहना लुटेर फरार भएका हुन् । घरबाट बजार आउने क्रममा उनको गहना दुई जना लुटेराले लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

लुटेराले कान काटेर दुई वटा रिङ्ग लुटेर लगेको उनका श्रीमान् डण्डापाणी पौडेलले जानकारी दिए । उनको दुइ वटै कान काटिएको छ । टाउकोमा समेत चोट लागेको बताइएको छ ।

पीडित महिला स्थानिय नवलपुर अस्पतालमा उपचारका लागि भर्ना भएकी छन् । लुटेराको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports